Winner – Gurkha Sports One Day Tournament

    • MONA Men Volleyball

यो जित म्याग्दीलाई समर्पित , यो जित म्यादेलीलाई समर्पित , यो जित विश्वको कुना कुनामा रहनु भएका म्याग्देली प्रवासीलाई समर्पित , यो जित खेलकुद जगत प्रेमीलाई समर्पित, यो जित सम्पुर्ण नेपालमा रहनुहुने नेपाली र प्रवासीलाई समर्पित |

2025 JANUARY 26 का दिन SYDNEY मा THE GURKHA SPORTS CLUB AUSTRALIA द्वारा आयोजित (SECOND AUSSIE FINANCE MEN’S & VETERANS VOLLEYBALL COMPETITION)खुल्ला भलिवल प्रतियोगितामा मोना अष्ट्रेलिया ( MONA AUSTRALIA) को दुवै तर्फ MEN’S र VETERANS को सानदार जित हासिल प्राप्त गरेका छौं | दुवै तर्फ सबै सेटहरुमा जित हासिल गर्दै अन्तमा विजय हुन सफल भएका छौं | MEN’S VOLLEYBALL तर्फबाट श्री पारष भण्डारीको कप्तानीमा सम्पुर्ण खेलाडीको अदभुत खेल प्रदर्शनबाट यो ऐतिहासिक सफलता प्राप्त गरेका छौं | MONA AUSTRALIA का खेलाडी श्री रविन चन्द ठकुरी ( राष्ट्रिय खेलाडी , नेपाल ) को

प्रस्तुतिले खेल माध्यमबाट नेपाली समुदायलाई एकिकृत गर्ने कलालाई र सम्पुर्ण MONA AUSTRALIA का खेलाडीका संघर्सलाई मेरो व्यक्तिगत र संस्थागत रुपमा सम्मानका साथ सादुवाद प्रकट गर्दछौं | यसै क्रममा खेल आयोजना गर्नु हुने आयोजक, प्रायोजक मेरो प्राण प्यारो संस्थाका साथीहरू सयौंको संख्यामा हाम्रा खेलाडीलाई प्रोत्साहन सहित हौसला प्रदान गर्न आउनुहुने सम्पुर्ण प्रति शिर झुकाएर नमन गर्दछु | साथै प्रतियोगिताका उपविजेता टिम र विभिन्न विधामा उत्कृष्ट खेलाडी र सम्पुर्ण खेलाडीहरुमा बधाई तथा शुभकामना व्यक्त गर्दछौं |

जय खेल


            

            

                        
            
            
Registrations
No Registration form is selected.
(Click on the star on form card to select)
Please login to view this page.
Please login to view this page.
Please login to view this page.
Scroll to Top